पिएम कप क्रिकेट : आज तीन खेल हुँदै

पिएम कप क्रिकेट : आज तीन खेल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार तीन खेल हुँदैछन् ।

गण्डकी प्रदेश र मधेश प्रदेश सिद्धार्थनगर मैदानमा भिड्नेछन् भने सशस्त्रको एपीएफ क्लब र लुम्बिनी प्रदेश भैरहवाको मैदानमा प्रतिस्पर्धा गर्नेछन् । तेस्रो खेलमा बागमती र कर्णाली प्रदेश फाप्ला क्रिकेट मैदानमा भिड्दैछन् । तीन वटै खेल बिहान ९ बजे सुरु हुनेछ ।

प्रतियोगितामा सहभागी १० टिममध्ये नेपाल पुलिस क्लब सात खेलमा सात जित निकाल्दै १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । आठ खेलमा एक खेल गुमाएको आर्मी समान १४ अंकसहित रनरेटका आधारमा तालिकाको दोस्रो स्थानमा छ ।

सातमा ५ खेल जितेर दुई खेल गुमाएको एपिएफ १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने समान आठ अंक भएका कर्णाली र लुम्बिनी चौथो र पाँचौ स्थानमा छन् ।

लुम्बिनीले आठ खेल खेलिसकेको छ भने कर्णालीले सात खेल खेलेको छ । बागमती र सुदूरपश्चिमको समान ६ अंक छ । तालिकाको छैटौ स्थानमा रहेको बागमतीले ७ खेल खेलेको छ भने सातौं स्थानको सुदूरपश्चिमले आठ खेल खेलिसकेको छ ।

६ खेलमा दुई मात्र जित निकालेको मधेश चार अंकसहित आठौं स्थानमा छ भने समान आठ खेलमा एक मात्र जित निकाल्दै दुई अंक मात्र जोडेका कोशी र गण्डकी तालिकाको पुछारमा छन् ।