काठमाण्डु- प्रधानमन्त्री (पीएम) कपमा आइतबार तीन खेल हुँदै छन्।
पहिलो खेल लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच हुँदै छ। देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ।
जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ३ खेल खेलेको छ। जसमा २ जित र एक हार बेहोरेको छ भने बागमती प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ।
त्यस्तै दोस्रो खेल एपीएफ क्लब र कर्णाली प्रदेशबीच हुँदै छ। सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ। जारी प्रतियोगितामा एपीएफले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने कर्णाली प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ।
त्यस्तै तेस्रो खेल कोशी प्रदेश र गण्डकी प्रदेशबीच हुँदै छ। एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ।
जारी प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ भने गण्डकी प्रदेशले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ।
प्रतिक्रिया