प्रधानमन्त्री कप क्रिकेट लुम्बिनीका तीन रंगशालामा हुने

प्रधानमन्त्री कप क्रिकेट लुम्बिनीका तीन रंगशालामा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लुम्बिनी प्रदेशका तीन रंगशालामा हुने भएको छ ।

रूपन्देहीका दुई र दाङको एउटा रंगशालामा प्रमुख घरेलु प्रतियोगिता फागुन २५ देखि आयोजना हुँदै छ । भैरहवास्थित सिद्धार्थ गौतमबुद्ध क्रिकेट रंगशालामा प्रतियोगिताको तयारी अन्तिम चरणमा छ ।

गत वर्ष पनि प्रतियोगिता यहि रंगशालामा भएको थियो । यसपालि झन ठूलो अवसर प्राप्त गर्न सफल भएको रूपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले बताए ।

प्रतियोगिताका लागि छनोट भएको तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा नेपालमै पहिलो पटक ५ वटा फ्लडलाइट जडान गरिएको छ । ७ करोड रुपैयाँभन्दा बढी खर्च गरी जडान गरिएको लाइटले अब एक्स्ट्राटेकमा रात्रिकालीन खेल गर्न सकिने अवस्था बन्दै गएको छ ।