काठमाण्डु – प्रधानमन्त्री कप क्रिकेटको पाचौं खेलमा पृथु बाँस्कोटा र अदिल खानको अर्धशतकीय इनिङ्समा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३०० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा बागमतीले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको हो ।
बागमतीका लागि बाँस्कोटाले ९४ बलमा १० चौका र २ छक्काको मद्दतले ८४ रन बनाए । यस्तै अदिलले ८६ बलमा १० चौकाको मद्दतमा ६३ रन बनाए । यी दुई खेलाडीको उत्कृष्ट ब्याटिङमा बागमतीले जारी प्रतियोगिताको सबैभन्दा विशाल लक्ष्य प्रस्तुत गरेको हो । बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले ३२ रन बनाए भने पारस खड्काले २० रन प्रहार गरे ।
बागमतीविरूद्ध कमजोर देखिएको सुदूरपश्चिमका लागि नारायण जोशीले ३ विकेट, सन्तोष भट्ट र भोजराज भट्टले समान २र२ विकेट लिए यस्तै विनोद लामाले १ विकेट लिए ।
प्रतिक्रिया