काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफले हात पारेको छ।
कीर्तिपुरस्थित त्रिभुुवन विश्वविद्यालय क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीलाई ६ विकेटले पाखा लगाउँदै एपीएफले उपाधि रक्षा गरेको हो।
उपाधिसँगै एपीएफले २० लाख तथा उपविजेता आर्मीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
सर्वाेत्कृष्ट खेलाडी सागर पुनले १ लाख पुरस्कार तथा उत्कृष्ट बलर सुनस र ब्याट्सम्यान प्रदीपले ५०–५० हजार पुरस्कार पाएका छन्।
आर्मीले दिएको २ सय १० रनको लक्ष्य एपिएफले ४१ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा पुुरा गरेको हो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ५० ओभरमा २ सय ९ रनमा अलआउट भएको थियो।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय क्लब गरी १० टिमको सहभागिता थियो।
प्रतिक्रिया