प्रधानमन्त्री अझै केही दिन अस्पताल बस्नुपर्ने, स्वास्थ्य अवस्था सामान्य भएको चिकित्सकहरुको भनाई 

प्रधानमन्त्री अझै केही दिन अस्पताल बस्नुपर्ने, स्वास्थ्य अवस्था सामान्य भएको चिकित्सकहरुको भनाई 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अझै केही दिन अस्पतालमै बस्नुपर्ने भएको छ । त्रिवि शिक्षण अस्पतालले बिहिबार बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपनि डिस्चार्ज गर्न नसकिने बताएको हो ।

प्रधानमन्त्रीका निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंहले रगत परीक्षण तथा छातीको एक्सरे रिपोर्टहरू सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहे पनि प्रधानमन्त्रीलाई दिइएको औषधीको मात्रा नपुगेकाले अझै केहि दिन अस्पतालमा नै राख्नुपर्ने बताइन ।

‘अहिले नै काममा फर्कने गरि स्वास्थ्य अवस्था तयार भएको छैन, केहि औषधि नियमित सेवन गर्नुपर्ने तथा अस्पतालमा आराम समेत मिल्ने भएकाले प्रधानमन्त्री केहि दिन अस्पतालमा नै बस्नु हुनेछ’, डा सिंहले भनिन् ।

प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो ।

ओलीको उपचारमा निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह, मुटु रोग विशेषज्ञ डा.. अरुण सायमी, क्याबिनेट चिकित्सक तथा कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्य छन् । प्रधानमन्त्री ओली विहिवार डिस्चार्ज हुने र राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा विमानस्थल जाने चर्चा चलेपनि अन्तिममा स्थगित भएको हो ।