उपसभामुखलाई हटाउने भनेर अनावश्यक कुरा उचालियो : प्रधानमन्त्री

उपसभामुखलाई हटाउने भनेर अनावश्यक कुरा उचालियो : प्रधानमन्त्री


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा छलफल नै नभएको विषयमा अनावश्यक कुरा उचालिएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भदौ २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको सूचना बाहिरिएको थियो । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको विषयलाई प्रधानमन्त्री ओलीले अनावश्यक कुरा नउचाल्न आग्रह गरेका हुन् । ।

‘प्रस्तावै नगरको विषयमा कसरी छलफल भयो ?रु संसदमा छलफल गरेको विषयमा पनि होइन । कसैले कुरा गरेको भनेको विषयमा उत्पातै मच्चाए । संसदमा के भएछ भनेर सोध्न पनि नहुने ? जातियता, लिंग वर्गको कुरा उछालेका छन् । यस्ता अनावश्यक कुरा नउचाल्न म माननीयज्यूहरूलाई आग्रह गर्दछु’, प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा भने ।

प्रधानमन्त्री ओलीले कतै उठ्दै नउठेको विषयमा अनावश्यक टिप्पणी भएको बताए ।

उपसभामुख रानाले सन् २०२३ मा संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा भाग लिन आफू अमेरिका जाँदा सँगै जानेहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासमा पत्र लेखेको विषय सार्वजनिक भएको थियो । सोही विषयलाई लिएर उनीमाथि प्रश्न उठेको थियो ।

कांग्रेसले पनि उपसभामुखले पद अनुकुलको आचरण नगरेको भन्दै राजीनामा माग गरेको थियो ।प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा उठेका प्रश्नबारे बालुवाटार बैठकमा छलफल भएको संकेत गरे ।