प्रधानमन्त्रीलाई भेटेर आयुक्तको आग्रह : राष्ट्रियसभा निर्वाचन मिति तोक्नुस्

प्रधानमन्त्रीलाई भेटेर आयुक्तको आग्रह : राष्ट्रियसभा निर्वाचन मिति तोक्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रियसभा सदस्यको  निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् । 

 

राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशलाई आज प्रमाणीकरण भएकाले उनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी यस्तो आग्रह गरेका हुन् ।

 

सो अवसरमा प्रधानमन्त्रीले आयोगसँगको परामर्शमा केही दिनभित्रै राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिए ।

 

 

प्रधानमन्त्रीसँग उनको सरकारी निवास, बालुवाटारमा आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र आयोगका पदाधिकारीहरूले संयुक्तरूपमा भेटघाट गरेका छन् ।

 

 

देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीयरूपमा सम्पन्न गराउन सफल भएकोमा निर्वाचन आयोग र आयोगका पदाधिकारीहरूलाई धन्यवाद तथा बधाइ ज्ञापन गरे ।

 

 

यादवले निर्वाचनलाई सफल बनाउन नेपाल सरकारले पु¥याएको सहयोगको सराहना गर्नु हुँदै प्रधानमन्त्रीलाई बधाइ दिए । 

 

 

यादवले प्रदेश प्रमुख नियुक्तिको सन्दर्भ उल्लेख गर्दै प्रदेशसभा सदस्यले शपथ ग्रहण नगरी राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदाता हुन नसक्ने व्यहोरा पनि अवगत गराए । भेटका अवसरमा माननीय निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहसमेत उपस्थित थियो ।