प्रधानमन्त्री ओलीद्वारा दुई दलित बालबालिकालाई विद्यालय भर्ना, बने अभिभावक

प्रधानमन्त्री ओलीद्वारा दुई दलित बालबालिकालाई विद्यालय भर्ना, बने अभिभावक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा– प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन्।

दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत प्रधानमन्त्री ओलीले सिराहाको रामदुलारी मावि कल्याणपुर नपा ११ मा सोही ठाउँका दिनेशकुमार र कौशिला देवी मण्डल (खत्वे) की ५ वर्षकी छोरी रुपाकुमारी मण्डल (खत्वे) र भोगेन्द्र र अमिराकुमारी मल्लिकका ५ बर्षका छोरा पवन मल्लिक (डोम) लाई विद्यालय भर्ना गराएका हुन्।

भर्ना गरिएका बालबालिकालाई प्रधानमन्त्रीले पुस्तक र पोशाक समेत वितरण गरेको उनको निजी सचिवालयले जनाएको छ।

विद्यालय भर्ना गरेपछि सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताए।

यस अघि वैशाख १ गते मुगुमा प्रधानमन्त्री ओलीले एक बालिकालाई विद्यालय भर्ना गराएका थिए।