प्रधानमन्त्री ओली अस्वस्थ, नियमित भेटघाट सबै बन्द

प्रधानमन्त्री ओली अस्वस्थ, नियमित भेटघाट सबै बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् ।

उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

बिरामी परेपछि प्रधानमन्त्री ओलीको मंगलबारका लागि तय भएका सबै भेटघाट पनि बन्द गरिएको छ।