काठमाण्डु– सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्ध बिग्रन थालेको चर्चाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओली र नेपाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलवार भएको भेटवार्तापछि प्रधानमन्त्रीले राजनीतिक बुधबार संयन्त्रको बैठक बोलाएका हुन् ।
सत्तागठबन्धनमा विभिन्न नियुक्तिलाई लिएर अहिले विवाद बढिरहेको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रभावशाली नेता शेखर कोइरालाले पछिल्लो समय सरकारको लगातार आलोचना गरिरहेका छन् ।
दुवै दलबीच राष्ट्रबैंकको गभर्नर,निर्वाचन आयोग र नेपाल प्रहरीका एआईजीहरुको बढुवाको विषयमा कुरा मिल्न सकेको छैन । प्रधानमन्त्री ओलीले मंगलवार कांग्रेस सभापति देउवासंग छलफल गरेपछि बुधवारको लागि संयन्त्रको बैठक बोलाइएको हो ।
प्रधानमन्त्री ओलीले नेपाल प्रहरीमा वरियताअनुसार एआईजी बढुवा गर्नुपर्ने अडान लिइरहेका छन् भने गभर्नरमा नीलम ढुंगानालाई बनाउन प्रस्ताव गरेका छन् । त्यसमा व्यापारी दीपक भट्टको समेत साथ छ ।
तर, कांग्रेस सभापति देउवाले भने रविन्द्र पाण्डे वा गुणाकर भट्टमध्ये एक जनालाई गभर्नर बनाउनुपर्ने अडान लिइरहेका छन् । गभर्नरमा नीलमलाई बनाउन स्वार्थ समुहको समेत जोडवल छ ।
त्यसैगरी प्रहरीमा कांग्रेसले कार्यसम्पादन कमजोर भएका र वरियतामा पछि रहेका सिद्धिविक्रम शाहलाई एआईजी बढुवा गर्नुपर्ने अडान लिएको छ । यता दान कार्कीलाई एआईजी बढुवा गर्नुपर्ने बनाउने एमालेको प्रस्ताव छ ।
प्रतिक्रिया