बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्ने आरोप प्रमाणित गर्न प्रधानमन्त्री ओलीको चुनौती

बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्ने आरोप प्रमाणित गर्न प्रधानमन्त्री ओलीको चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि नभई इमानको राजनीति गर्ने बताएका छन् ।


आइतबार बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले इमान, सत्य र सामाजिक परिवर्तनको लागि राजनीति गरेको बताएका हुन् ।

‘हामी सचेत छौँ । हामीले इमानको राजनीति गर्ने हो, सत्यको राजनीति गर्ने हो । भ्रष्टाचारको राजनीति हैन, पैसा कमाउनको लागि, पदको दुरुपयोग गर्नको लागि, आफन्तको बन्दोबस्थ गर्नको लागि, आफ्ना मान्छे जागिर खुवानको लागि हैन । सामाजिक परिवर्तनको लागि प्रयास गरिरहेका छौँ भन्ने कुरा हामीले कहिलेपनि हेक्का छोड्नुहुँदैन,’ उनले भने ।

ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती समेत दिएका छन्।

“झुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ ।’’, प्रधानमन्त्री ओलीले भने, “आजकाल निलो रंगका स्यालहरु निकै हाउभाउ गरिरहेका छन् । तिनीहरुको वास्तविक रुप लामो समय टिक्ने छैन । एमालेले आफूलाई आगामी निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौँ ।’’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको टिप्पणी गरे ।

मदन भण्डारीलाई सम्झँदै उनले मदन भण्डारी फाउण्डेशनले जनताको बहुदलीय जनबादलाई प्रक्रिदै ढृणताका साथ अघि बढ्ने बताए । उनले फाउण्डेशनले मदन भण्डारीको विचारलाई जोगाइराख्ने बताए ।