काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सांसद र कार्यकर्तासँगको भेटघाटको कार्यतालिका तोकेका छन्।
प्रधानमन्त्रीसँगको भेटघाटलाई व्यवस्थित गराउन ओलीले पार्टीका सांसदहरुलाई हरेक शुक्रबार दिउँसो ३ देखि ५ बजे सिंहदरबारमा भेट्नेछन्।
प्रदेशगत रुपमा सांसदहरुसँग भेट्ने व्यवस्था मिलाइएकोछ। यसैगरी, पार्टीका कार्यकर्ताहरुसँग प्रत्येक महिनाको १ र १५ गते भेट्ने गरी कार्यतालिका बनाइएको उनको निजी सचिवालयले जनाएको छ।
ओलीले महिनाको १ गते दिउँसो ११ बजेदेखि १ बजेसम्म धुम्बाराही र महिनाको १५ गते पेरिसडाँडास्थित कार्यालयमा भेटघाट गर्ने तय भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता ओलीसँग साप्ताहिक रुपमा सात प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदले भेटघाट हुने नियमित कार्यक्रम तय गरिएको छ।’
प्रतिक्रिया