अस्पतालकाे शैयाबाट प्रधानमन्त्रीकाे देशवासीका नाममा यस्ताे भावुक सन्देश

अस्पतालकाे शैयाबाट प्रधानमन्त्रीकाे देशवासीका नाममा यस्ताे भावुक सन्देश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं– अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा अाेलीले देशवासीका नाममा भावुक सन्देश जारी गर्दै  समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय रहने बताएका छन्र।

प्रधानमन्त्री ओलीले  सन्देशमा भनेका छन्। ‘विगतमा झैँ समग्र देशवासी दिदीबहिनी–दाजुभाइहरूको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु।’

अाफू छिट्टै  अस्पतालबाट  फर्किने उल्लेख गर्दै प्रम अाेलीले  भनेका छन्,’चिकित्सकहरूले मलाई दिनुभएको जानकारीअनुसार म छिट्टै नै अस्पतालबाट फर्किनेछु।’

उनी कात्तिक १२ गतेदेखि मौसमी रुघाखोकीलगायत बिरामीका कारण त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहेका छन्।