निजी क्षेत्रको सहकार्यबाट तीव्र आर्थिक उन्नति गर्ने पक्षमा सरकार : प्रधानमन्त्री ओली

निजी क्षेत्रको सहकार्यबाट तीव्र आर्थिक उन्नति गर्ने पक्षमा सरकार : प्रधानमन्त्री ओली


काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँगको सहकार्यमार्फत तीव्र आर्थिक उन्नति गर्ने पक्षमा रहेको बताएका छन्।

चेम्बर दिवस २०७५ तथा नेपाल चेम्बर अफ कमर्शको ६८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले तीव्र र चौतर्फी विकास सरकारको चाहना भएको दोहोर्‍याए।  सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “तपाईंहरु ढुक्क भएर अगाडि बढ्नुहोस्, निजी क्षेत्रका उद्यमी, व्यापारीलाई अप्ठ्यारो पार्ने कानून संशोधन तथा नयाँ कानून निर्माण गर्नुपर्ने भए सरकारलाई सुझाव दिनुहोस्।”

प्रधानमन्त्रीले मौजुदा ऐन कानूनका कारण उद्यमी, व्यवसायीलाई कुनै अप्ठ्यारो परेको भए संशोधन गर्न सरकार तयार रहेकोसमेत बताए। “देश, जनता र विकासका लागि आवश्यक सम्पूर्ण ऐन, कानून सरकारले परिमार्जन गर्छ,” मुलुकको विकास सरकारको एक मात्र उद्देश्य रहेको प्रस्ट्याउँदै प्रधानमन्त्री ओलीले भने।

सरकारका बारेमा विभिन्न भ्रम सिर्जना गर्ने प्रयन्त भइरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले लोकतन्त्रका लागि सङ्घर्ष गरेको व्यक्तिबाट कुनै हालतमा अधिनायकवाद नआउने प्रस्ट्याए।