धनगढी–प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी सच्चा लोकतन्त्रवादी हुने स्पष्ट पारेका छन्। सुदूरपश्चिम प्रदेश सभा बैठकलाई आज धनगढीमा सम्बोधन गर्दै उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन हुन नदिने उल्लेख गरे।
‘कम्युनिष्ट भनेको अधिनायकवाद होइन, अधिकतम लोकतन्त्र हो,’ प्रधानमन्त्रीले भने, ‘जनअभिमत र लोकतान्त्रिक मूल्य मान्यतामा प्रतिबद्ध छौं ।’ उनले सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र विधिको शासनमा सम्झौता नगर्ने बताए।
विकासलाई प्रतिशतका आधारमा मात्रै मापन गर्न नसकिने प्रधानमन्त्रीको भनाइ छ । ‘९० प्रतिशत गरिवी हट्यो भनेर १० प्रतिशतलाई गरिवीमै राख्न मिल्दैन,’ उनले भने।
कानुन निमाृ्णका लागि एक वर्ष खर्च गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसैमा टेकेर सुशासन विकासलाई अगाडि बढाउने बताए। स्थानीय र स्थिरतामा मात्रै देश विकास हुने उनको भनाइ छ । प्रधानमन्त्रीले विकट क्षेत्रमा एकीकृत वस्ती विकास गर्ने सरकारको योजना रहेको बताए।
प्रधानमन्त्री ओलीले द्वन्द्वका घाउमा मलमपट्टी लगाउनुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीले प्रदेश सांसद विकास र समृद्धिका अभियन्ता रहेको बताउँदै आचरणमा ध्यान दिन आग्रह गरे।
प्रतिक्रिया