काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्ष २०२० को सुरुवातमै प्राकृतिक धक्का लागेको बताएका छन् ।
केही दिनअघि चीनबाट संक्रमण फैलिएको कोरोना भाइरसप्रति संकेत गर्दै उनले त्यसको सामना सावधानीपूर्वक गर्नुपर्ने बताए । संसद्को हिउँदे अधिवेशनलाई आज सम्बोधन गर्दै ओलीले प्राकृतिक धक्काको सामना गर्न सरकार जुटिसकेको पनि बताए ।
उनले भने, ‘भर्खर नयाँ वर्ष २०२० मा प्रवेश गरेका छौं । यो नयाँ वर्ष २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा अगाडि सारेका छौं । यसमा सुरुमै हामीलाई केही धक्काका संकेतहरू प्राकृतिक हिसाबले देखापरेका छन् । जसलाई हामीले सावधानीपूर्वक सामना गर्नुपर्नेछ । सरकार त्यसको तयारीमा लागेको छ ।’
प्रतिक्रिया