काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुतर्फ संकेत गर्दै उनले अधिनायकवाद आउँछ भन्नु थेगो भएको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै ओलीले राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान लगायतका निकायलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको बताए ।
चैनेकेरे, माने भन्ने जस्तो थेगो रहेको भन्दै उनले ‘अधिनायकवाद आउँछ’ भन्ने पनि त्यस्तै भएको बताए । सरकार लोकतन्त्र प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र जान्छ कहाँ ? लोकतन्त्र जान्छ भने आउँछ के ? जनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कुन तागतले यसलाई पन्छाउन सक्छ ।’
लोकतन्त्र कसैले किस्तीमा सजाएर दिएको वा अरुको पसिनाले आन्र्या होइन भन्दै उनले त्यसका लागि ४५र५० वर्षदेखि लागेका घाउका खतहरु अझै रहेको बताए । २०३६ सालको जनतन्त्र संग्रह ताका केटाकेटी रोयो भने पनि ‘चुप लाग चुप लाग, जनमत संग्रह भाँडिन्छ’ भन्ने गरिएको सुनाउँदै भन्दै प्रधानमन्त्री ओलीले भने, ‘केटाकेटीलाई हाउगुजी देखाए जस्तो लोकतन्त्र जान्छ भनिएको छ । यसरी जनतामा भ्रम फैउलाउने कुरा देशका लागि हितकर छैन ।’
प्रतिक्रिया