काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्री सिंगापुरबाट थाइल्याण्ड हुंदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री स्वदेश फर्कने जानकारी दिए ।
प्रधामन्त्रीसंगै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडल पनि स्वदेश फर्कदै छन् । दुवै नेता प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर गएका थिए ।
मिर्गाैलासम्बन्धी एण्टिबडीको उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा पुगेका थिए । त्यहा उनको प्लाज्मा फेरिसिस गरिएको थियो ।
सात पटकको प्लाज्मा फेरिसिसपश्चात प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो भएको उनका निजी चिकित्सक डा.दिलीप शर्माले जानकारी दिएका छन् ।
प्रतिक्रिया