काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पनि कोरोना भाइरसको जोखिम बढ्दै गएपछि यसबाट बच्न उच्च सर्तकता अपनाउन निर्देशन दिएका छन् ।
आइतबार प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिँदै स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र पर्यटन मन्त्री योगेश भट्टराईलाई सो निर्देशन दिएका हुन् ।
आइतवार बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले नेपालमा देखिएको कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सम्पूर्ण तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्री ढकाल र स्वासथ्य सचिव खगराज बरालसँग नेपालमा कोरोना भाइरसको संक्रमण र संक्रमितहरुको उपचारको अवस्थाबारे जानकारीसमेत लिएका छन् । नेपालमा चीनबाट फर्किएका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ ।
यस्तै, चीनबाटै नेपाल फर्किएकी एक महिला र एक पुरुषमा पनि कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ । उनीहरुको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभावित देशबाट आउने विदेशी पर्यटक तथा नेपालीको विशेष चेकजाँचको व्यवास्था गरेको छ ।
कोरोना भाइरस नेपालमा देखिएको पुष्टि भइसकेको अवस्थामा नेपालमा पनि कोरोना भाइरसको भएको पुष्टि भएपछि सरकारले देशका केन्द्रिय ठूला अस्पतालहरुलाई भाइरसको उपचारको लागि अलट बस्न निर्देशन दिएको छ ।
मन्त्रालयले सतर्क रहनका साथै वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताललाई आइसोलेसन वार्ड बनाएर तीन दिन भित्र योजना पेस गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ
प्रतिक्रिया