प्रधानमन्त्री ओलीसँग रुसी प्रतिनिधि मण्डलको भेट, के भयो कुराकानी?

प्रधानमन्त्री ओलीसँग रुसी प्रतिनिधि मण्डलको भेट, के भयो कुराकानी?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसको एकातेरिनवर्ग प्रान्तका उपगभर्नर अलेक्जेण्डर भिसोकिन्सी नेतृत्वको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताएको उनको निजी सचिवालयले जनाएको छ।

सन् २०२५ को विश्व ुवल्र्ड एक्स्पोु आयोजना गर्न आफ्नो प्रान्तले उम्मेद्वारी दिएकोले त्यसलाई समर्थन गरिदिन प्रधानमन्त्री ओली समक्ष भिसोकिन्सीले आग्रह गरेका छन्।
मेलामा विश्वका विभिन्न देशका राजनीतिक, औद्योगिक, सामाजिक, सांस्कृतिक विशेषताहरु प्रदर्शनी हुने भिसोकिन्सीले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले उपगभर्नर भिसोकिन्सीको भ्रमणले नेपाल र रसियाको सम्बन्ध थप आत्मीय हुने विश्वास व्यक्त गरे। मन्त्रीपरिषदले पूर्णता पाएपछि भिसोकिन्सीको प्रस्तावमा छलफल गरेर निर्णयमा पुग्ने प्रधानमन्त्री ओलीले जवाफ दिएको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए।