नेपाली संवत् नेपाली माटोको संवत् हो : प्रधानमन्त्री ओली

नेपाली संवत् नेपाली माटोको संवत् हो : प्रधानमन्त्री ओली


काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् ।

नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा शनिबार ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकाले यसको प्रवद्र्धन र संरक्षण गर्नुपर्नेमा जोड दिए ।

उनले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गरे ।