काठमाडौं – शुक्रबार संघीय संसदमा सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर सम्बोधन गरेको भन्दै व्यापक आलोचना भएपछि त्यस विषयमा प्रधानमन्त्री केपी शर्माले ओलीले स्पष्टीकरण दिएका छन्।
शनिबार बिहान सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु अन्तर्रा्ष्टिय प्रचलन भएको बताएका हुन्। शुक्रबार संसदमा आगामी आर्थिक वर्ष २०७५-०७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने शब्द पटक-पटक प्रयोग गरेकी थिइन्।
त्यसलाई लिएर विभिन्न टिप्पणीहरु भएपछि प्रधानमन्त्री ओलीले स्पष्टोक्ति दिएका हुन् ।बौद्धिक वर्गलेसमेत राष्ट्रपतिको भनाइप्रति टिप्पणी गर्दा आफूलाई आश्चर्य लागेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले विश्वको कुरा थाहा नपाएपनि ‘छिमेकी मुलुक भारतको कुरा बौद्धिक वर्गले थाहा नपाउनु दुःखद्’ भएको बताए ।
मेरो सरकार भन्ने अन्तर्रा्ष्ट्रिय प्रचलन भएकाले यसलाई उचाल्नुपर्ने आवश्यकता नरहेको उनको भनाइ थियो । प्रधानमन्त्रीले भर्खरै राजतन्त्र गएकाले कसै–कसैलाई झ–झल्को लाग्नु स्वाभाविक भएको भन्दै ‘मेरो सरकार’ नभनेर राष्ट्रपतिले ‘कसको सरकार भन्ने ?’ भनी प्रतिप्रश्न गरे ।
‘सचिवालयको दुरुपयोग’
प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विकास खर्च योजना आफूले नमागेको प्रष्टीकरण दिए ।‘जिल्लाका केही साथीले आफ्नो सचिवालयको दुरुपयोग गरेको’प्रति उनले दुःख व्यक्त गरे ।आफूले गल्ती भएकोभन्दासमेत केही सन्चारमाध्यम पछिलागेको भन्दै उनले राजनीति गर्ने अरु विषय पनि भएको भन्दै टिप्पणी गरे । प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिने र गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनीसमेत दिए ।उनले आर्थिक सुशासन र विकासमा रचनात्मक सहयोग गर्न सवैसँग आग्रह पनि गरे ।
प्रतिक्रिया