कठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अमूर्त र औषत कुरामा विस्वास नगर्ने बताएका छन। नेपाल तीव्र परिवर्तनको क्रममा रहेको बताउँदै उनले सरकारले ठोस परिणाममा विस्वास गर्ने बताए।
गीतकार एवं पूर्व प्रधानमन्त्री जे.एन.खनालको गीति एल्बम परिवर्तनका स्वरहरु भाग २ को शनिबार काठमाडौंमा विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले देशमा संघीय गणतन्त्र आउनु,संविधानसभाबाट संविधान जारी हुनु, जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तिव्रताले देशमा परिवर्तनको क्रम बढेको बताएका हुन। ‘हाम्रो देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘विकास र समृद्धिको अभियान सञ्चालन भएसँगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ।‘
प्रधानमन्त्री ओलीले सरकारले अमूर्त समृद्धि र औषत सुखमा विस्वास नगर्ने बताएका थिए। ‘हामी औषतमा प्रतिव्यक्ति आय बढ्यो, औषतमा साक्षरता बढ्यो भन्ने कुरामा विस्वास गर्दैनौँ’ ओलीले भने, ‘हरेक व्यक्तिले महसुश गर्ने गरी समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं। सरकार सामाजिक न्यायसहितको समानताको पक्षमा छ।‘ ओली सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएको छ।
प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसकेका नेता खनालको श्रृजनसिलताको प्रशंसा गरेका थिए। ‘व्यस्त दैनिकीबाट समय निकालेर झलनाथजीले यती राम्रो श्रृजना गर्नुभएको छ’, ओलीले भने, ’वहाँको श्रृजनशिलता धेरैजनाको लागि यो प्रेरणाको स्रोत हुनसक्छ।‘
प्रतिक्रिया