प्रधानमन्त्री ओलीले भने- सामाजिक सदभाव विथोल्ने प्रयास भैरहेको छ

प्रधानमन्त्री ओलीले भने- सामाजिक सदभाव विथोल्ने प्रयास भैरहेको छ


काठमाडौं – गुरुङ समुदायको ल्होसार पर्वको अवसर पारेर आइतबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक सद्भाव बिथोल्ने प्रयास भएको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारले पछि परेका जनतालाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउन आवश्यक प्रबन्ध गरेको समेत बताए ।

उनले सरकारले सबै क्षेत्रको विभेद अन्त्यका लागि विशेष नीति लिएको पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले संघीयता, धर्म निरपेक्षता, गणतन्त्रबाट कोही पनि पछि हटन नसक्ने पनि स्पष्ट पारे । सबै जाति र समूदायको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढनुको विकल्प नरहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले नेपाल भूगोलले सानो भएपनि कला, भाषा र संस्कृतिको दृष्टिले विश्वमै सम्पन्न मुलुक भएको उल्लेख गर्दै सबै भाषा, कला र संस्कृतिको विकास गरेर अघि बढन सरकार प्रतिबद्ध रहेको पनि बताए । कार्यक्रममा गुरुङ समूदायको भाषा, कला र संस्कृति झल्कने खालका सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो ।