पृथकतावादको अन्त्य गरेसंगै विप्लव समूहको नाममा हुने क्रियाकलाप नियन्त्रण गर्छौं :प्रधानमन्त्री ओली

पृथकतावादको अन्त्य गरेसंगै विप्लव समूहको नाममा हुने क्रियाकलाप नियन्त्रण गर्छौं :प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पृथकतावादको अन्त्य गरेसंगै विप्लव समूहको नाममा हुने क्रियाकलाप नियन्त्रणमा लागेको भन्दै उनले हतियार बुझाएर हिंसा नत्यागे अप्ठ्यारो ढंगले समूहनै समाप्त हुने अवस्थामा पुग्ने बताएका छन् ।

शनिबार नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले विप्लव समुहले हतियार बुझाएर हिंसा नत्यागे अप्ठ्यारो ढंगले समूहनै समाप्त हुने अवस्थामा पुग्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘पृथकतावाद अन्त्य गर्यौं र विप्लव समूहको नाममा मच्याईएको त्रासलाई पनि नियन्त्रण गर्छौं।

उनीहरुले हिंसाको बाटो छोड्नु, हतियार बुझाउने, सकेसम्म छिटो शान्ति प्रक्रियामा आउनु हितकर हुनेछ। त्यसो नगरे असहज अवस्थाबाट अप्ठ्यारो ढंगले समाप्त हुने अवस्थामा पुग्छन्।’ विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धलाई लिएर पार्टी भित्रै पनि विरोध भएको स्मरण गर्दै उनले उनीहरुको क्रियाकलाप गैरकानुनी र असंवैधानिक भएकाले सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पारे ।

उनले भने, ‘कतिपयले विप्लव समूहमाथिको प्रतिबन्धलाई उचित भएन भनेर विरोध गरे। उनीहरुका क्रियाकलाप अवैध, हानिकार, असंवैधानिक गैरकानुनी भएकाले जायज हुन सक्दैन, त्यसकारण त्यस्ता आतंककारी गतिविधि प्रतिबन्ध लगाईएको हो। त्यसलाई नबुझेर प्रतिबन्ध लगाउनु हुँदैन भनियो। अनि के बम पड्काउ भन्नेरु मान्छे मार्न इजाजत छ भन्नेरु मान्छेलाई तर्साएर पैसा जतिपनि असुल्न इजाजत छ भन्नेरु’

नीति तथा कार्यक्रममा राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ का बारेमा पनि उनले सांसदहरुलाई स्पष्टीकरण दिए। राष्ट्रपति पदको नामले नै सर्वोच्च पद भएको भन्दै उनले सरकार भन्दा पृथक राष्ट्रपति नहुने र राज्यको सबभन्दा माथिल्लो तह राष्ट्रपति भएकाले देशलाई आफ्नो भन्नु स्वभाविक भएको दाबी गरे । ‘मेरो सरकार’ अन्तर्राष्ट्रिय अभ्यास भएकाले यसबारेमा बहस गर्नु आवश्यक नभएको तर्क गरे ।