प्रधानमन्त्री ओली भन्छन् -भारतले महाकाली सन्धी कार्यान्वयन गर्नुपर्छ

प्रधानमन्त्री ओली भन्छन् -भारतले महाकाली सन्धी कार्यान्वयन गर्नुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारतका विज्ञहरूको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरूलाई मंगलबार निर्देशन दिँदै दुई देशबीच छलफल गर्दा राष्ट्रिय हित हेर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा बुधबारबाट सुरु हुने नेपाल भारतका विज्ञहरूको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरूलाई मंगलबार निर्देशन दिँदै यस्तो बताएका हुन् । प्रधमामन्त्री ओलीले भारतसँग भएको महाकाली सन्धी कार्यान्वयनमा पनि जोड दिन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देशीय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन सिंहदरबारमा बैठक आयोजना गरेको थियो।  बैठकमा नेपाल-भारत दुई देश स्तरीय छलफलमा देशको हीत पक्षमा खुलेर आफ्ना कुरा राख्न र त्यस अनुसारको तयारी गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए।

रधानमन्त्री ओलीले २३ वर्षअघि महाकाली सन्धी अनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनु पर्ने १० घनमिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएकोले यस विषयलाई गम्भिरताका साथ उठाउनु पर्ने बताए।  ’हाम्रो पहिलो प्राथमिकता सन्धीको कार्यन्वयन हो। सन्धी अनुसार नेपालले १० क्यूमेक्स पानी पाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ’सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिती अब हुनु हुँदैन।’

२०५२ माघ १९ गते भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन मिटर प्रति सकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यन्वयन गराउन भारतलाई तत्पर गराउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। बैठकमा ऊर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका मूख्य सल्लाहकार विष्णुप्रसाद रिमाल परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई लागयतको सहभागिता थियो।