काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सरकार गठन भएको एक साता वित्दा समेत विस्तार भएको छैन। विशेषगरी एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको सैद्धान्तिक विषयलाई लिएर माओवादी सरकारमा गएको थिएन्, ओली प्रधानमन्त्री बन्दा ३ फागुनमा।
तर, अब एमाले र माओवादीबीच पार्टी एकताका लागि सहमति भएपछि प्रधानमन्त्री ओलीले सरकार विस्तारको संकेत दिएका छन्।
बुधबार काठमाडौंको इन्द्रदह महोत्सव कार्यक्रमलाई सम्बोधन गरेपछि सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद छरितो हुने संकेत समेत गरेका हुन्।
प्रधानमन्त्री ओलीले भोलीवा पर्सीभित्र मन्त्रिपरिषद विस्तार भइसक्ने दाबी गर्दै मन्त्रिपरिषदको आकार ६४ सदस्यीय नहुने व्यंग समेत गरे ।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकार ६४ सदस्यीय थियो। प्रधानमन्त्री ओलीले गढीहरुको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने पनि बताए।
प्रतिक्रिया