काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिक्षक नेताहरू प्रत्यक्ष छलफलमा बसेका छन् ।
शुक्रबार अबेर साँझ प्रधानमन्त्री ओली र आन्दोलनरत शिक्षक नेताहरूबीच छलफल सुरु भएको हो ।
शिक्षा ऐन जारी हुनुपर्ने लगायत विभिन्न माग राख्दै देशभरका शिक्षकहरू विगत १७ दिनदेखि काठमाण्डु केन्द्रित आन्दोलनमा छन् । शिक्षकहरू आन्दोलनमा हुँदा विद्यार्थी भर्ना, एसईईको उत्तर पुस्तिका परीक्षण, १२ कक्षाको परीक्षाको तयारी लगायत कार्य प्रभावित भएका छन् ।
नेपाल शिक्षक महासंघले यसअघि सरकारसँग गरिएको सम्झौता कार्यान्वयन नभएकाले लामो आन्दोलन गर्नुपरेको जनाएको छ ।
प्रतिक्रिया