यसरी हुन्छ निमोनिया, जोगिन यस्ता छन् उपाय

यसरी हुन्छ निमोनिया, जोगिन यस्ता छन् उपाय


काठमाडौं – जाडो मौसमको सुरुवातसँगै बालबालिकामा अत्यधिक मात्रामा निमोनिया देखिन थाल्छ । निमोनियालाई धेरैले सामान्य रूपमा लिए पनि यसले बच्चाको मृत्यु नै पनि हुन सक्छ । त्यसैले यसबारे सचेत हुन जरुरी छ ।

 

 

 

के हो निमोनिया ?

निमोनिया फोक्सोमा देखा पर्ने समस्या हो । निमोनिया हुँदा फोक्सोका कोषहरू सुन्निन्छन् र श्वासप्रश्वासमा बाधा उत्पन्न हुन्छ । ब्याक्टेरिया र भाइरसका कारण निमोनिया हुन्छ । बालबालिकाका लागि प्रमुख प्राणघातक रोग हो, निमोनिया । सबैभन्दा बढी दुई वर्षमुनिका बालबालिकामा यसको संक्रमण हुन्छ । सूक्ष्म जीवाणुहरूमध्ये निमो कोकस र हेमो फाइलस इन्फ्लुएन्जाका कारण निमोनिया हुन्छ । अन्य सूक्ष्म जीवाणु र फंगल्सको पनि केही भूमिका हुन्छ ।

 

 

 

लाग्न नदिन

बच्चालाई न्यानो तर हावा ओहोरदोहोर गर्न सक्ने कोठामा राख्नुपर्छ । सकभर भान्साकोठामा राख्नु हुँदैन ।
बच्चालाई धुवाँ, धुलो र मट्टीतेलको खारबाट जोगाउनुपर्छ ।
कहिल्यै पनि चिसो पानीले नुहाइदिनु हुँदैन । धुलो र फोहोर वातावरणमा खेल्न दिनु हुँदैन ।
बच्चालाई लगाउनुपर्ने कुनै पनि खोप छुटाउनु हुँदैन ।
बच्चाको अगाडि धूम्रपान गर्नु हुँदैन र त्यस्तो ठाउँमा बस्न पनि दिनु हुँदैन ।
जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । र, बिस्तारै पोसिलो र ताजा खानेकुरा खुवाउन थाल्नुपर्छ ।
बालबालिकालाई पानीमा भिज्न दिनु हुँदैन ।

 

 

 

 

यसरी हुन्छ उपचार

एन्टिबायोटिक र सरल तरिकाबाट निमोनियाको उपचार गर्न सकिन्छ । ध्यान दिनुपर्ने कुरा के भने नवजात शिशुलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नु हुँदैन ।
बच्चाले छिटोछिटो श्वास फेर्न थालेमा, कोखा हानेमा, झोल खानेकुरा खान नसकेमा, आमाको दूध चुस्न नसकेमा, दुई महिनामुनिको बच्चालाई ज्वरो आएमा, कुपोषित हुन थालेमा वा हातखुट्टा लठ्ठिने समस्या भएमा तुरुन्तै अस्पताल पुर्‍याउनुपर्छ । नयाँ पत्रिकामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहमा