पिएनजीले बनायो ५० रन

पिएनजीले बनायो ५० रन


काठमाण्डु – नेपालविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको पपुवा न्युगिनी (पिएनजी) ले ५० रन पूरा गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा १० ओभर खेल्दै पिएनजीले दुई विकेट गुमाएर ५० रन बनाएको हो । १० ओभर १ बलमा पिएनजीले ५० रन बनाएको हो ।

नेपालका डेब्यू गरिरहेका तीव्र गतिका बलर विक्रम सोबले पिएनजीको दुई विकेट लिएका छन् । विक्रमले टोनी उरालाई पहिलो विकेटको रुपमा एक रनमा आउट गरे । उनले ३ बल मात्रै खेल्न भ्याए ।

यस्तै विक्रमले पिएनजीका कप्तान असद भालालाई ४ रनमा आउट गराए । विक्रमले १२ बल खेलेका भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराएका हुन् ।

नेपालको लागि सुरुवाती दुबै विकेट डेब्यु खेलाडी विक्रमले लिएका हुन् । यसअघि पहिलो बलमै विक्रमले पिएनजीका ओपर ब्याटस्म्यान टोनी पाला उरालाई बोल्ड गराएका हुन् । विक्रमले दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा लिए ।

दोस्रो विकेट लिने क्रममा विक्रमले पिएजनीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए । यसअघि टस जितेर पिएनजीले ब्याटिङ रोजेको थियो ।