पोखरा – कास्कीको पोखरा महानगरपालिकामा लोक सेवा आयोगबाट सिफारिस भएका स्थायी कर्मचारी हाजिर भएका छन् ।
स्थायी नियुक्ति लिएर ४५ कर्मचारी हाजिर हुन आएकाले महानगरको २६औं कार्यपालिका बैठकले मंसिर १ गतेबाट करारमा कार्यरत ३५ कर्मचारीलाई बिदाइ गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको कार्यपालिका बैठकले इन्जिनीयर, सबइन्जिनीयर, शिक्षक र सामाजिक परिचालिकालाई बिदा दिने निर्णय गरेको छ । महानगरको २५औं कार्यपालिका बैठकले २०८१ असारसम्मका लागि अन्तिमपटक करार कर्मचारीको म्याद थपेको थियो । बिहीबारको बैठकले कात्तिक मसान्तसम्म म्याद थप गरी साउनयताको तलब र चाडपर्व खर्च दिएर कर्मचारीलाई बिदाइ गर्ने निर्णय गरेको छ ।
लोक सेवा आयोगबाट आएका कर्मचारीहरू ४५ दिनको तालिम सकेर हाजिर भएपछि करार कर्मचारीलाई बिदा गरिएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए ।
प्रतिक्रिया