पोखरा विमानस्थलमा यति एयरको जहाज रनवेबाट चिप्लियो, यात्रु सकुशल

पोखरा विमानस्थलमा यति एयरको जहाज रनवेबाट चिप्लियो, यात्रु सकुशल


कास्की – यति एयरलाइन्सको विमान आइतबार ठूलो दुर्घटनाबाट जोगिएको छ ।

काठमाडौंबाट ३० जना यात्रु लिएर पोखरा आएको यति एयरलाइन्सको नाइन एन एएचयू ६८१ कलसाइनको विमान दिउसो २ः४५ बजे चिप्लिएर रनवेभन्दा बाहिर गएको हो ।

विमान अवतरणको क्रममा हाईड्रोलिक फेल भएर रनवे भन्दा करिब १५ मिटर पर घाँसे मैदानमा जोतिन पुगेको पोखरा विमानस्थल प्राधिकरणका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए । उनका अनुसार जहाजमा यात्रा गर्ने सबै यात्रु सकुशल छन् ।