नेपाली सेनासंग सैन्य अभ्यास गर्न पोल्याण्डले राख्यो रक्षामन्त्री पोखरेलसमक्ष प्रस्ताव 

नेपाली सेनासंग सैन्य अभ्यास गर्न पोल्याण्डले राख्यो रक्षामन्त्री पोखरेलसमक्ष प्रस्ताव 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पोल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग पोल्याण्डका रक्षामन्त्री मारिउस्ट व्यास्टाकले नेपाली सेनाको क्षमता अभिवृद्धिका निम्ती संयुक्त अभ्यास र सहकार्यको प्रस्ताव गर्नुभएको छ ।

बुधवार भएको दुईपक्षीय भेटवार्ता र छलफलमा पोल्याण्डका रक्षामन्त्री व्यास्टाकले आफ्नो मुलुकले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सैन्य छात्रवृत्ति र सामग्री उपलब्ध गराउन इच्छुक रहेको दोहो¥याएका थिए । ‘नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सैन्य छात्रवृत्ति र सामग्री उपलब्ध गराउन हामी इच्छुक छौं,’– रक्षामन्त्री व्यास्टाकले भन्नुभयो–‘हाम्रो मुलुक तपाईहरूसँग संयुक्त अभ्यास र सहकार्यको प्रस्ताव गछौं ।’

हालसम्म चीन, भारत, अमेरिका, वेलायत र पाकिस्तानलगायतका मुलुकसँग मात्रै नेपाली सेनाले संयुक्त अभ्यास गर्दै आएको छ । यसवर्ष देखि श्रीलंका पनि थपिएको संयुक्त सैन्य अभ्यास गर्ने मुलुकमा थपिएको छ ।

राजनीतिक स्थिरतासँगै अब नेपाल आर्थिक विकास र सम्वृद्धिको बाटोमा लम्कने विश्वास व्यक्त गर्दै त्यसका निम्ती आवश्यक सहयोग गर्ने पोल्याण्ड सद्धैव तत्पर रहेको पोल्याण्डका रक्षामन्त्रीले आफ्ना समकक्षी पोखरेलसँग व्यक्त गरेका थिए ।

छलफलमा उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले सञ्चालन गर्ने स्टाफ कमाण्डो तालिम, माउन्टेन वायरफेर तालिम र प्यारा वेसिक तालिम पोलिस सेनालाई उपलब्ध गराउन नेपाल सरकार र नेपाली सेना तयार रहेको बताउनुभएको थियो । भूकम्पको समयमा पोल्याण्डका तर्फबाट नेपाली जनतालाई गरेको सहयोगका निम्ती धन्यवाद व्यक्त गर्दै उहाँले नेपालीहरुका लागि भिषा आवेदन प्रक्रिया सहज बनाउन आग्रह गर्नुभयो ।

‘पोल्याण्ड आउन चाहने नेपालीहरुका लागि भिषा आवेदन दिन भारतको दिल्ली पुग्नुपर्ने अवस्था छ,’– उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो–‘नेपालबाटै भिषा सुविधा उपलब्ध गराउन सकियो भने यहाँ आउने नेपालीलाई सहज हुने थियो ।’ साथै, उपप्रधानमन्त्री पोखरेलले पोल्याण्ड सरकारले नेपाली विद्यार्थीलाई एमविविएस अध्ययनका लागि यसअघि पोल्याण्ड सरकारले दिंदै आएको छात्रवृत्ति पुनः सुचारु गर्न आग्रह गर्नुभयो । १९९३ भन्दा अघि पोल्याण्डले चिकित्सक अध्ययनरत विद्यार्थीलाई छात्रवृद्धि उपलब्ध गराउदैं आएको थियो ।

प्रत्युत्तरमा पोल्याण्डका रक्षामन्त्री व्यास्टाकले आफूलाई यस विषयमा गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रिया दिंदै यी सबै विषयमा छिट्टै पहलकदमी लिने बताउनुभएको थियो । साथै, उहाँले शिक्षाको क्षेत्रमा केहि सहयोग उपलब्ध गराउने बचनबद्धता व्यक्त गर्नुभयो ।

पोल्याण्ड भ्रमणका क्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले पोल्याण्डमा आयोजना भइरहेको ‘डिफेन्स एक्स्पो’को अवलोकन गर्नुहुने छ । एक्स्पोमा सैन्य सामग्री र प्रविधि निर्माण गरिरहेका विश्वभरिका अग्रपंक्तिका कम्पनीहरुको सहभागिता छ ।