प्रहरीका डीआईजी जोशी एआईजीमा बढुवा सिफारिस

प्रहरीका डीआईजी जोशी एआईजीमा बढुवा सिफारिस


काठमाण्डु – गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयका सदस्य सचिव प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सोमबार सिफारिस सूची प्रकाशित गर्दै सिफारिसबारे जानकारी दिएका छन् ।