सर्लाहीमा साझेदारी–प्रहरी अभियान कार्यक्रम सम्पन्न

सर्लाहीमा साझेदारी–प्रहरी अभियान कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीमा साझेदारी–प्रहरी अभियान अन्तरर्गत ‘लागूऔषध बिरुद्धको युवा सचेतना अभियान’ कार्यक्रम सम्पन्न भएको छ ।

हरिवन नगरपालिकाका संयोजक गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोही नगरपालिकाको सुके पोखरीस्थित चतुर्भुजेश्वर महादेव मन्दिरको प्राङ्गणमा ‘लागूऔषध बिरुद्धको युवा सचेतना अभियान’ कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

समुदाय–प्रहरी हरिवन नगर समितिको आयोजना तथा जिल्ला प्रहरी कार्यालय सर्लाहीको सहकार्यमा विद्यालय स्तरका किशोर किशोरीलाई लक्षित गरी सचेतना अभियान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख तथा संयोजक प्रसाईले दुर्व्यसन विरुद्ध थुप्रै विद्यमान ऐन कानुनको कार्यान्वयन भए पनि चेतनाको अभावमा दुर्व्यसन र हिंसाका घट्नाहरु हुने क्रम नरोकिएकाले त्यसको न्यूनीकरण गर्ने उदेश्यले युवा वर्ग तथा विद्यार्थीहरुलाई लक्षित गरी यो अभियान आयोजना गरिएको बताए ।

उक्त सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले लागू औषध तथा विद्यमान ऐन कानुनमा भएको ब्यवस्था, लागूऔषधबाट पर्ने असरहरु, किशोर अवस्थामा हिंसा हुनबाट बच्ने उपायबारे जानकारी गराउनुका साथै अन्तरक्रियात्मक कक्षा संचालन गरेका थिए ।

कार्यक्रममा स्थानीय निकायका जन प्रतिनिधिहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरू, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।