काठमाण्डुमा भोलि र पर्सि प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने

काठमाण्डुमा भोलि र पर्सि प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने


काठमाण्डु – नेपाल प्रहरीले विजयादशमीको अवसरमा काठमाण्डु उपत्यकामा भोलि र पर्सि २ दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयले यस वर्ष एकैदिन परेको महाअष्टमी र महानवमी तथा विजयादशमीका दिन निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको छ ।

असोज २५ र २६ गते काठमाण्डुमा निःशुल्क बस सेवा सञ्चालन गरिने सूचना प्रहरीले जारी गरेको छ । प्रहरीले २ रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको छ ।

रुट नम्बर १ अन्तर्गत नयाँ बसपार्क, बालाजु, बल्खु, सातदोबाटो, लगनखेल, थापाथली, पुतलीसडक, नक्साल, टिचिङ, चक्रपथ हुँदै बस सञ्चालन हुनेछ ।

रुट नम्बर २ अन्तर्गत एयरपोर्ट, कोटेश्वर, ठिमी, सूर्यविनायक, गौशाला, चाबहिल, चक्रपथ, बालुवाटार, नक्साल, रातोपुल हुँदै बस सञ्चालन गरिने जनाइएको छ ।

दुवै रुटमा बिहान र अपराह्न गरी २ सिफ्टमा बस सेवा सञ्चालन गरिनेछ ।