प्रहरीका २ नवनियुक्त एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

प्रहरीका २ नवनियुक्त एआईजीलाई दर्ज्यानी चिह्न प्रदान


काठमाण्डु – नेपाल प्रहरीमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा भएका बुद्धिराज गुरूङ र केदार ढकाललाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवैलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेपछि शुक्रबार आयोजना गरी दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्नद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

संगठनको हितका लागि सकल दर्जाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउँदै उनले आ–आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ संकल्पित रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिएका छन् ।