प्रहरीको एआईजीमा बढुवाका लागि कडायत र केसी सिफारिस

प्रहरीको एआईजीमा बढुवाका लागि कडायत र केसी सिफारिस


काठमाण्डु – नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि कुबेर कडायत र रविन्द्र केसीको नाम सिफारिस भएको छ ।

गृह मन्त्रालय, बढुवा सिफारिस समितिको बुधबारको बैठकले २ एआईजी पदमा बढुवाका लागि दुवैको नाम सिफारिस गरेको हो ।

समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सिफारिस सूची प्रकाशित गर्दै बढुवा सिफारिस भएको जानकारी दिएका छन् ।

कडायत प्रहरी महानिरीक्षकको सचिवालय र केसी अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत छन् ।

एआईजीमा बढुवा भएका दुवै जना महानिरीक्षक वसन्त कुँवरका ब्याची हुन् ।