काठमाण्डु – गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले नेपाल प्रहरीको रिक्त ५ प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको नाम सिफारिस गरेको छ ।
बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले बिहीबार साँझ सूचना प्रकाशित गर्दै बढुवा सिफारिस एसएसपीहरूको नाम सार्वजनिक गरेका छन् ।
सिफारिस सूचीअनुसार बढुवा सिफारिसमा अन्वेषण योजना तथा विकास निर्देशनालयका ईश्वर कार्की, कर्णाली प्रदेश तालिम केन्द्रका राजेन्द्रप्रसाद भट्ट, लागूऔषध नियन्त्रण ब्युरोका दिनेशकुमार आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अरुण पौडेल र मानव स्रोत विकास विभाग वृत्ति विकास महाशाखाका गोविन्द थपलिया परेका छन् ।
हेर्नुहोस् सूची –
प्रतिक्रिया