काठमाण्डु – नेपाल प्रहरीको प्राविधिक समूहतर्फ रिक्त ४ पदमा बढुवाका लागि चिकित्सकलाई इन्स्पेक्टरबाट डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
बढुवा सिफारिस समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहद्वारा प्रकाशित सूचनाअनुसार सिफारिस सूचीको पहिलो नम्बरमा डा. सुष्मा केसीको नाम छ । त्यसपछि क्रमशः डा. पूजा खड्का, डा. दिपक भिन्दवार र डा. अनुज श्रेष्ठलाई बढुवाका लागि सिफारिस गरिएको छ ।
प्रतिक्रिया