काठमाण्डु–सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजिटल बोर्ड ह्याक भएको छ । धनगढीको कैलाली पुलस्थित प्रदेश प्रहरी कार्यालयको गेटमा रहेको डिजिटल बोर्ड ह्याक भएको हो ।
बोर्ड ह्याक गरेर ‘आइ लभ यु चित्रा’ लेखेर स्क्रोल गरे पछि अहिले उक्त बोर्डको फोटो सामाजिक सञ्जाल भरि भाइरल भएको छ ।
उक्त घटना सोमबारकै भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सामाजिक संजालमा भाइरल उक्त फोटोको तथ्य जाँच र थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
यस अघि पनि नेपालका ठुला बेबसाइड र टाफ्रिक लाइटहरु यसरीनै ह्याक हुँदै आएका छन् ।
प्रतिक्रिया