प्रहरीको डीआईजी बढुवामा एमपीएस तालिम अनिवार्य नगर्न सर्वाेच्चको अन्तरिम आदेश

प्रहरीको डीआईजी बढुवामा एमपीएस तालिम अनिवार्य नगर्न सर्वाेच्चको अन्तरिम आदेश

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको डीआईजी बढुवाका लागि एमपीएस कोर्स अनिवार्य गर्ने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश कुमार चुँडाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले सोमबार आंशिक अन्तरिम आदेश जारी गरेको हो ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत रिपेन्द्र कुमार समेत २० जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार समेतलाई विपक्षी बनाएर दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश दिएको हो ।

यसअघि नेपाली सेना र सशस्त्र प्रहरीमा स्टाफ कलेजमा तालिम लिनुपर्ने व्यवस्था रहेको छ ।