प्रहरीको आईजीपीमा दीपक थापा नियुक्त

प्रहरीको आईजीपीमा दीपक थापा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापालाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं आईजीपी नियुक्त गरेको छ ।

महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी सोमबारबाट बिदा भएपछि थापालाई नियुक्त गरिएको छ ।

थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख थिए । थापासँगै प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख सुदीप गिरी र उपत्यका प्रहरी कार्यालय प्रमुख टेकबहादुर तामाङ आईजीपी बन्ने दौडमा रहे पनि वरिष्ठताका आधारमा सरकारले थापालाई नियुक्त गरेको छ ।

प्रहरीको एआईजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका कारण एआईजीको वरियतामा पहिलो नम्बरमा रहेका थापा आईजीपी बनेका छन् ।