राप्रपा नेताहरू रविन्द्र र धवल शम्शेरसहित ४१ जना म्याद थपका लागि अदालतमा पेश

राप्रपा नेताहरू रविन्द्र र धवल शम्शेरसहित ४१ जना म्याद थपका लागि अदालतमा पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले जिल्ला अदालत काठमाण्डुमा पेश गरेको छ ।

तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटनापछि पक्राउ परेकाहरूलाई म्याद थपका लागि आईतबार अदालतमा उपस्थित गराएको छ ।

त्यसअघि आरोपीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो । म्याद थपको प्रक्रिया पुर्‍याएपछि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

धवलशम्शेर राणाबाहेक सबैलाई हत्कडी लगाइएको थियो । उनीहरूमध्ये राज्य विरुद्धको कसूरमा मिश्र र महामन्त्री धवल शमशेर राणासहित ११ जनाविरुद्ध मुद्दा दर्ता गरेर म्याद थप हुँदैछ ।

आपराधिक उपद्रव र संगठित अपराधमा ४१ जनालाई म्याद थप गर्ने तयारीमा प्रहरी छ । शुक्रबार राजावादीहरूको आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको थियो ।