तीनकुनेमा मारिएका सुरेश रजकको शरीरमा गोली भेटिएको सूचना भ्रामक हो : प्रहरी

तीनकुनेमा मारिएका सुरेश रजकको शरीरमा गोली भेटिएको सूचना भ्रामक हो : प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको सूचना भ्रामक रहेको बताएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार सुरेशको पोस्टमार्टम नै नभएको स्पष्ट पारेको छ ।

‘आपराधिक घटनाहरूका सम्बन्धमा यस कार्यालयबाट सुक्ष्म अनुसन्धान भइरहेको साथै निज मृतकको पोष्टमार्टम कार्य नै प्रारम्भ भई नसकेको अवस्थामा विभिन्न सामाजिक सञ्जालहरूमा ‘चैत्र १५ गते मारिएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा उनको शरीरमा गोली भेटिएको छ !’ लगायतका शीर्षकहरू राखी सो घटनाका सम्बन्धमा वास्तविकता नबुझी विभिन्न सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण गरी जनमानसमा नकारात्मक सन्देश प्रवाह गराउने व्यक्ति एवं संस्थालाई प्रचलित कानून बमोजिम कानूनी दायरामा ल्याइने व्यहोरा समेत अनुरोध गरिन्छ ।’