काठमाण्डु – नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले ६ जनाको नाम सिफारिस गरेको छ ।
बिहीबार बसेको बढुवा समितिको बैठकले चन्द्र कुवेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई एआईजी बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक दिपक थापाले बिहीबार सूना प्रकाशित गर्दै बढुवा सिफारिसबारे जानकारी दिएका छन् ।
समितिले वरिष्ठताका आधारमा बढुवा सिफारिस गरेको छ । स्वार्थ समूहले वरिष्ठलाई रोकेर कनिष्ठलाई सिफारिस गराउन चाहे पनि सफल नभएको प्रहरीनिकट स्रोतले जनाएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन पक्षले वरिष्ठता मिचेर केही व्यक्तिलाई एआईजी बढुवामा सिफारिस गर्न दबाब दिए पनि प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी महानिरीक्षक दिपक थापाको अडानपछि वरिष्ठताका आधारमा बढुवा सिफारिस भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया