काठमाण्डु– नेपाल प्रहरी अस्पताल र नेपाल नेत्र ज्योति संघ बिच समझदारी भएको छ ।
आईजीपी दिपक थापाको उपस्थितिमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस समझदारीबाट नेपाल प्रहरीका बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारीहरु र उनीहरुका परिवारहरुलाई गुणस्तरिय आँखा उपचार सेवामा सहज हुनेछ ।

यस समझदारीले दुवै पक्षबिच जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धीका कार्यक्रमहरु अगाडी बढाउन सहयोग पुर्याउने छ ।
यस्तै आँखा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिवृद्धि गरी रोकथामका उपायहरू अबलम्बनका लागि प्रोत्साहन गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल प्रहरीले जनाएको छ ।
यो समझदारी मंगलबार बाटै लागू हुनेछ ।


प्रतिक्रिया