प्रहरीका नवनियुक्त एआईजीको पदस्थापन, सीआईबीमा खापुङ (सूचीसहित)

प्रहरीका नवनियुक्त एआईजीको पदस्थापन, सीआईबीमा खापुङ (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा नियुक्त भएकाहरूलाई पदस्थापन गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा चन्द्र कुबेर खापुङको पदस्थापन भएको छ ।

प्रहरी प्रधान कार्यालय कार्य विभागमा लालमणि आचार्य, प्रशासन विभागमा कृष्णहरी शर्मा, मानवस्रोत विकास विभागमा दानबहादुर कार्की, अपराध अनुसन्धान विभागमा राजन अधिकारी र प्रदेश समन्वय विभागमा डा. मनोज कुमार केसीलाई पदस्थापन गरिएको छ ।