प्रहरीमा इन्सपेक्टरदेखी एआईजीसम्मको वढुवा गर्ने तयारी,निर्वाचन आयोगले दियो सहमति

प्रहरीमा इन्सपेक्टरदेखी एआईजीसम्मको वढुवा गर्ने तयारी,निर्वाचन आयोगले दियो सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले निर्वाचन आयोगसंग सहमति  मागेर प्रहरी अधिकृतको बढुवा गर्ने तयारी गरेको छ । मन्त्रालयले तीन दिनअगाडि निर्वाचन आयोगसंग सहमति मागेको थियो ।

 

 

 

आयोगले सोमबार मन्त्रालयलाई दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी), पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), पांच प्रहरी नायब उपरीक्षक (डीएसपी) र सात प्रहरी निरीक्षकलगायतको बढुवा गर्न सहमति दिएको छ ।

 

 

 

निर्वाचन आयोगको कानुन महाशाखाका प्रमुख सहसचिव गीता तिम्सिनाले गृहबाट माग भएअनुसार सहमति पठाइएको जानकारी दिइन् । उनले भनिन् ‘गृहले रिक्त ठाउमा बढुवा गर्न सहमति मागेको थियो । हामीले खाली ठाउँमा बढुवा रोक्न आचारसंहिता नलाग्ने देखेपछि सहमति दिएका हौं।’

 

 

कार्यक्षमता राम्रो हुदाहुदै पनि वरिष्ठलाई पाखा लगाएर तत्कालीन गृहमन्त्री जनार्दन शर्माले डीआईजी हेमन्त पाल, पंकज श्रेष्ठ र मधुप्रसाद पुडासैनीलाई बढुवामा छुटाएका थिए।

 

 

 

एआईजीमा बढुवा हुनेबित्तिकै खाली रहेका तल्ला दर्जामा समेत स्वाभाविक बढुवा गर्न गृहलाई बाटो खुल्छ। डीआईजी नवराज सिलवालले राजीनामा दिएपछि तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवा गर्नुपर्ने हुन्छ।

 

 

 

एसएसपी बलराम शर्मा पौडेलले आइतबारबाट अवकाश पाएका छन्।उनको अवकाशसँगै दुई एआईजी बढुवा भएपछि पांच जना प्रहरी उपरीक्षक (एसपी) लाई एसएसपीमा बढुवा गर्न बाटो खुल्नेछ ।

 

 

सरकारले यसअघि एसएसपी राजेन्द्रमान श्रेष्ठलाई डीआईजीमा बढुवा गरिसकेको छ।अहिले डीआईजी हेमन्त पाल, पंकज श्रेष्ठ, मधु पुडासैनी, माधव नेपाल र गोविन्द निरौला बढुवाका प्रतिस्पर्धी हुन् । निरौला अमेरिकामा छन् । अन्य चार जना भने एआईजीमा बढुवा हुन दौडधुपमा लागेको स्रोतले बतायो ।

 

 

 

त्यसैगरी, एसएसपी केदार रिजाल, दिनेश अमात्य,शेरबहादुर बस्नेत,पिताम्बर अधिकारी, दीपक थापा, दानसिंह बोहरा, सुभाष चौधरी, श्याम खत्री र नारायणसिंह खड्का डीआईजी बढुवाका प्रतिस्पर्धी हुन् ।प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सुरुमा हाल रहेका एआईजी कायम गरी नथप्ने विषयमा प्रधानमन्त्री देउवासमक्ष कुरा राखे पनि देउवाले थप्नुपर्ने अडान राखेका थिए ।

 

 

प्रहरी मुख्यालय स्रोतका अनुसार तत्कालीन गृहमन्त्री शर्माले खाली रहेका पदमा बढुवा गरिसकेका थिए । अहिले खाली देखाएर बढुवा गर्ने तयारीमा गृह लागेको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।